पोखरामा पठाओ र इनड्राईभ ‘एप’ प्रयोग गरी यात्रु ओसार–पोसार गर्ने २६ सवारी प्रहरीको नियन्त्रणमा
पाेखरा | असार १०, २०८१
पोखरा: पोखरामा निजी तथा सार्वजनिक सवारी साधनहरुले दर्ता नगरी अनाधिकृत मोवाईल एप (पठाओ, टुटल र इनड्राईभ)को प्रयोग गरी भाडामा यात्रु ओसार–पोसार गर्ने २६ सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले पोखराको विभिन्न क्षेत्रबाट आइतबार २६ सवारीसाधन नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवम् डीएसपी बसन्तकुमार शर्माले पठाओ, टुटल र इनड्राइभ एप प्रयोग गरी निजी तथा सार्वजनिक सवारीमा यात्रु ओसार–पोसार गर्ने २२ वटा मोटरसाइकल र स्कुटर र ४ वटा ट्याक्सी नियन्त्रणमा लिएको बताए ।
‘निजी तथा सार्वजनिक सवारीले विभिन्न एपको प्रयोग गरी यात्रु ओसारपोसार गरेको गुनासो आएको थियो’, उनले भने, गण्डकी प्रदेश यातायात व्यवस्था कार्यालयमा दर्ता नगरी चलाइएका विभिन्न एपहरु प्रयोग यात्रुहरु ओसारपोसार गर्ने सवारी धनीहरुलाई नियन्त्रणमा लिएर एकपटक सम्झाई बुझाई गरी छोडेका छौं ।’
यातायात व्यवस्था कार्यालय कास्कीले अनधिकृत रुपमा एप मार्फत ‘राइड सेयरिङ’ प्रयोग गरी यात्रु ओसारपोसार गर्ने कार्य तरुन्त बन्द गर्न शुक्रबार सार्वजनिक सूचना जारी गरेको थियो ।
फिफा विश्वकप- २०५८ को फाइनलमा ब्राजिलका महान् फुटबल खेलाडी पेलेले लगाएको जर्सी ४९ लाख अमेरिकी डलरमा बिक्री भएको छ। अमेरिकाको न्युयोर्कमा आयोजित सोथेबीजको लिलामीमा ४९ लाख अमेरिकी डलरमा ज...
नेपालमा पहिलो पटक आयोजना हुन लागेको नेपाल भलिबल लिग (एनभिएल) को लागि ६ मार्की खेलाडी चयन गरिएको छ। अन्नपूर्ण स्पाइकर किंग्सका मार्की हिमाल सुनारी, कर्णाली शिवराजको पहल गहतराज, काठ...
काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार विशेष मनसुन बुलेटिन जारी गर्दै आगामी दुई दिन देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। ...

